पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

पशुले ढुसी लागेको आहारा खाएको कारण बिष लाग्ने समस्या (माइकोटक्सिकोसिस)

ढुसी —सबैतिर हुन्छ। घाँस, पराल वा अन्नमा ढुसी नलागेको भेट्टाउनु निकै गाह्रो हुन्छ। तर केही विशेष प्रकारको ढुसी लागेको दाना वा धेरै मात्रामा ढुसी भएको दाना जनावरहरूले खाएमा तिनमा गम्भीर समस्या आउन सक्छ। यो ढुसी अन्न, पराल, दाना वा घाँस, जे मा पनि हुन सक्छ। कहिलेकाहीं पशुको सोत्तरमा धेरै ढुसी भएमा पनि समस्या आउन सक्छ।

पशु आहारमा धेरै प्रकारका ढुसीहरू पर्न सक्छन्। तीमध्ये केही ढुसीले 'माइकोटक्सिन' भन्ने विष बनाउँछन | त्यस्तै केही ढुसीहरू केवल उम्रन्छन् तर गम्भीर विष बनाउँदैनन्। तर, ती ढुसीहरूले पनि विभिन्न तरिकाले हानी नोक्सानी गराउन सक्छन्:

माथि भनिए झैँ केही प्रकारका ढुसीहरूले निकै खतरनाक विष (माइकोटक्सिन) बनाउँछन्। यस्तो विष भएको दाना कुखुरा, बाख्रा, गाई, भैंसी, सुँगुर वा अन्य कुनै पनि पशुलाई खुवाउँदा गम्भीर रोग लाग्न सक्छ। तल त्यस्ता विषाक्त ढुसी र तिनले निम्त्याउने रोगबारे प्रस्ट्याइएको छ:

ढुसी लागेको दाना भए के गर्ने त?

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Puja Dahal and Renu Shakya

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन rabowendvm@gmail.com