पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

गर्भावस्थाको टक्सेमिया र किटोसिस

गर्भावस्थामा हुने टक्सेमिया र किटोसिस आपसमा सम्बन्धित रोगहरू हुन् | गाइबस्तुहरु ब्याउने वा दुहुनो भएको बेला उनीहरुको शरीरमा ऊर्जाको आवश्यकता अत्याधिक बढी हुने गर्दछ | यहि बढी ऊर्जाको आवश्यकताको कारण उनीहरुलाई गर्भावस्थामा हुने टक्सेमिया र किटोसिस हुने गर्दछ | गर्भावस्थाको टक्सेमिया बाख्रा, भेंडा र गाईमा गर्भावस्थाको अन्तिम चरणमा हुन्छ। किटोसिस सामान्यतया उच्च उत्पादन दिने गाईहरूमा ब्याएको केही दिनदेखि केही हप्तामा देखिन्छ।

गर्भावस्थाको टक्सेमियाको कारणहरू

बाख्रा र भेंडामा यो रोगलाई "जुम्ल्याहा पाठा" वा "जुम्ल्याहा बच्चा" को रोग पनि भनिन्छ, किनभने यो एक भन्दा बढी बच्चा हुने जनावरहरूमा धेरैजसो हुन्छ। विशेष गरी एकभन्दा बढी भ्रूण बोकेका जनावरहरूमा गर्भावस्थाको अन्तिम चरणमा ऊर्जा आवश्यकतामा अत्याधिक वृद्धि हुन्छ | तर शरीरमा ऊर्जा उत्पादन कम भैरहेको छ भने जनावरको शरीरले छिटो छिटो बोसोलाई पगालेर उर्जा उत्पादन गर्न थाल्छ जसले गर्दा रगत र पिसाबमा "किटोन्स" भनिने अणुहरूको मात्रा उच्च हुन पुग्छ र रगतमा ग्लुकोजको मात्रा कम हुन पुग्छ।

गर्भावस्थाको टक्सेमिया गाईहरूमा पनि हुन्छ | यो गर्भावस्थाको अन्तिम चरणमा हुन्छ जब तिनको पोषण अवस्था कमजोर हुन्छ तर तिनको शरीरमा ऊर्जा आवश्यकतामा अत्यधिक वृद्धि हुन्छ।

गर्भावस्थाको टक्सेमियाका लक्षणहरू

गर्भावस्थाको टक्सेमिया सामान्यतया गर्भावस्थाको अन्तिम चरण वा ब्याउनु भन्दा १-३ हप्ता अगाडी हुन्छ। सबै उग्राउने जनावरहरूमा यो रोग लागेको बेला देखिने सामान्य लक्षणहर यस प्रकार छन्:

यी लक्षणहरू देखाउनुको साथै तिनलाई बढी चापे पछि उभिन नसक्ने हुने, बेहोस हुने अनि मृत्यु हुने हुन्छ -पहिले भ्रूणको अनि त्यसपछि आमाको।

गर्भावस्थाको टक्सेमियाको निदान

गर्भावस्थाको टक्सेमियाको निदानका दुई साधारण तरिकाहरू छन्:

  1. सामान्य लक्षणहरू: गर्भावस्थाको अन्तिम चरणमा खाना नखाने र उदास देखिने जनावर।
  2. जैव रासायनिक परीक्षणहरू: पिसाब डिपस्टिक प्रयोग गरी पिसाबमा किटोन्सको वृद्धि भएको पत्ता लगाउनु। यसका साथै जनावरको रगतमा ग्लुकोजको मात्रा कम भएको पत्ता लगाउनु |

यो रोगको निदान सामान्यतया कठिन हुँदैन, तर अरू रोगहरूमा पनि यस्तै लक्षण देखिन सक्छन्, जस्तै भेंडामा “पोलियो”हुदा , क्याल्सियम अभाव हुदा, इन्टरोटक्सेमिया र रेबिज हुदा । त्यसैले प्रारम्भिक निदान गलत हुन सक्छ भन्ने सम्भावनालाई कहिल्यै नकार्नु हुदैन ।

जनावर मरेमा, पोष्टमार्टम गर्नुपर्छ। पोष्टमार्टममा सबैभन्दा सामान्य भेटिने कुरा बोसोले भरिएको कलेजो हो: कलेजो पहेंलो देखिन्छ जबकि सामान्य कलेजो गाढा रातो हुन्छ। यदि जनावरलाई पोषिलो खानाको अभाव भएको छ भने तिनको मुख्य अंगहरु जहाँ बोसो हुनु पर्थ्यो त्यहाँ बोसो निकै कम हुन्छ र तिनको छाला मुनिको रक्त नलीहरु सजिलै देखिन्छ |

गर्भावस्थाको टक्सेमियाको उपचार

दुर्भाग्यपूर्ण कुरा के छ भने धेरैजसो जनावरहरू उपचार गरे पनि बाच्दैनन्। यो रोगको मृत्यु दर निकै बढी छ | यदि आमालाई बचाउनु महत्वपूर्ण छ भने, डेक्सामेथासोन जस्तो औषधि प्रयोग गरी प्रसव गराउनु उपयुक्त हुन सक्छ। भ्रुणलाई निकाले पछि तिनको शरीरमा उर्जाको आवस्यकता कम हुन्छ |

उपचारको मुख्य लक्ष्य नै उर्जाको उत्पादन र खपतलाई सन्तुलित गर्नु हो | यो दुइ प्रकारबाट गर्न सकिन्छ:

गर्भावस्थाको टक्सेमियाको उपचार गरिरहेका जनावरहरूलाई न्यानो राख्नु, उच्च ऊर्जा दिने आहार खुवाउनु र उसले पानी खान खोजेको बेला पानी दिनु आवश्यक छ।

गर्भावस्थाको टक्सेमियाको रोकथाम

यो रोग रोक्नका लागि गर्भावस्थाको अन्तिम चरणमा जनावरहरूलाई राम्रोसँग खुवाउनु अति आवश्यक छ। जसमा दैनिक रुपमा यस्तो दाना खुवाउनु पर्छ जसबाट प्रशस्त उर्जा र प्रोटिन प्राप्त हुन्छ |

गाईमा किटोसिस

गाईमा किटोसिस गर्भावस्थाको टक्सेमियासँग मिल्दोजुल्दो रोग हो, जुन जनावर ब्ययेपछि केहि दिनदेखि केहि हप्तामा उच्च दूध उत्पादनका कारण ऊर्जा आवश्यकतामा वृद्धि हुँदा हुन्छ। जनावरको तौल घट्नु, उदास देखिनु, शरीरको तालमेल गुमाउनु, र गम्भीर अवस्थामा बेहोस हुनु यस रोगको लक्षण हुन्। केहि गाईमा सास फेर्दा एसिटोनको गन्ध आउन सक्छ। यो रोगको निदान गर्न माथि भनिए जस्तै पिसाब डिपस्टिक प्रयोग गरी पिसाबमा किटोन्सको वृद्धि भएको पत्ता लगाएर गर्न सकिन्छ।

किटोसिस भएका गाईवस्तुलाई राम्रो पोषण सुनिश्चित गरेर उपचार गर्नुपर्छ, साथै दैनिक रूपमा ३००-५०० एमएल ग्लिसेरिन (ग्लिसरोल) वा प्रोपाइलीन ग्लाइकोल मुखबाट खुवाउनुपर्छ। ग्लिसरोललाई पानीमा मिसाएर पातलो पारेर पेटमा ट्युबको माध्यमबाट वा दानासँग मिसाएर दिन सकिन्छ। गम्भीर लक्षण भएका जनावरहरूका लागि नसाबाट ग्लुकोज दिनु लाभदायक हुन सक्छ।

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Abin Shakya, Renu Shakya and Rupendra Chaulagain

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu