| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
डिपस्टिक प्रयोग गरि पिसाबको परीक्षण गर्ने
पिसाब मिर्गौलाले सोस्ने र छोड्ने (स्राव निकाल्ने) जटिल प्रक्रिया मार्फत रक्त प्लाज्माको माध्यमबाट बनाउने एक तरल पदार्थ हो | यसको रासायनिक संरचनाले धेरै शारीरिक प्रणालीहरूको कार्य, विशेष गरी मिर्गौलाको अवस्थालाई झल्काउँछ।
पिसाबको जाच गर्ने एउटा अत्यन्तै सजिलो बिधि भनेको “डिपस्टिक” प्रयोग गरि जाच्नु हो | “डिपस्टिक” मा भएको प्याडमा रहेको रसायनमा पिसाबको प्रतिक्रिया भएपछि त्यो प्याडको रंगमा परिवर्तन हुन्छ | तसर्थ “डिपस्टिक”को प्रयोग गर्ने तरिका सार्है सजिलो छ |
- एउटा सफा भाडामा भर्खरै संकलन गरिएको पिसाबमा डिपस्टिकलाई डुबाउनुहोस्।
- डिपस्टिकमा रहेको अतिरिक्त पिसाब तिनलाई बिस्तारै हल्लाएर हटाउनुहोस्।
- निश्चित समय कुर्नुहोस् र डिपस्टिकमा देखिएको रंगलाई प्याकेटमा दिइएको रंग चार्टसँग तुलना गर्नुहोस्।
यो डिपस्टिक प्रयोग गर्न निकै सजिलो छ तर केहि सावधानी अपनाउन जरुरि छ:
- डिपस्टिक राखिएको भाडालाई कसिलो गरी बन्द गर्नुहोस् र अत्यधिक गर्मी वा चिसोबाट जोगाउनुहोस्—घाममा नराख्नुहोस् र फ्रिजमा पनि नराख्नुहोस्।
- अधिकांश अवस्थामा, डिपस्टिकलाई सुक्खा राख्न कन्टेनरमा राखिएको सुख्खा पाउडर (डिसिकेन्ट) हटाउनु हुँदैन।
- डिपस्टिकमा धेरैवटा प्याड हुन्छन | पिसाबमा डुबाइ सकेपछि प्रत्येक प्याडको अवलोकन गर्ने समय तालिका फरक हुन्छन् —यी समयहरू प्याकेटमा सूचीबद्ध हुन्छन्।
- डिपस्टिकका प्याडहरूलाई औंलाले नछुनुहोस् वा फोहोर हुन नदिनुहोस।
पिसाबलाई डिपस्टिक प्रयोग गरि परीक्षण गर्नुभन्दा १ दिन अगाडी संकलन गरेर फ्रिजमा भण्डारण गर्न सकिन्छ। तर संकलनपछि तुरुन्तै फ्रिजमा राख्नु आवश्यक छ।
पशुहरू, जस्तै गाईबाट पिसाब संकलन गर्न, प्रायः तिनको जिउमा हल्का मुसार्दा उनीहरू पिसाब फेर्छन्। यस विषयमा थप जानकारीको लागि यो रमाइलो भिडियो हेर्न सक्नुहुँन्छ
डिपस्टिकमा विभिन्न संख्यामा परीक्षण प्याडहरू राखिएका हुन्छन्। त्यसबाट गर्न सकिने केही सामान्य परीक्षणहरू निम्न तालिकामा सूचीबद्ध छन्।
| परीक्षणको नाम | ब्याख्या |
| बिलीरुबिन |
यसको मान धेरै जसो ऋणात्मक नै हुन्छ | तर यसको मान बढेको छ भने त्यसले निम्न अवस्थाहरु संकेत गर्छ:
|
| रगत |
यसको मान ऋणात्मक हुनुपर्छ | तर यसको मान बढेको छ भने:
|
| ग्लूकोज |
यसको मान ऋणात्मक हुनुपर्छ | तर यसको मान बढेको छ भने:
|
| किटोन | यसको मान बढी छ भने त्यसको मतलब जनावरको शरीरले उर्जाको लागि अत्याधिक बोसो टुक्राई रहेको (मेटाबोलिजम) छ भन्ने बुझिन्छ, जुन किटोसिस हुदा देखिन्छ | |
| ल्यूकोसाइट्स | जनावरमा परिक्षण गर्दा यसको मान सही आउदैन | त्यसैले यसको नतिजा टिपोट नगर्नुहोस् | |
| नाइट्राइट्स | जनावरमा परिक्षण गर्दा यसको मान सही आउदैन | त्यसैले यसको नतिजा टिपोट नगर्नुहोस् | |
| पीएच | रगतमा पीएचको मात्रा जस्तो छ, त्यहि अनुसार मिर्गौलाले अम्लिय वा क्षारिय पिसाब उत्पादन गर्छ | उग्राउने जनावरमा पिसाबको पीएच सामान्यतया क्षारिय हुन्छ | |
| प्रोटिन | यदि पिसाबमा प्रोटिनको मात्रा बढेको छ भने मुत्र प्रणाली अन्तर्गतका अंगहरु सुन्निएको वा संक्रमित भएको जनाउछ | |
| विशिष्ट गुरुत्वाकर्षण | यसको मान धेरै थरी आउन सक्छ | तसर्थ यसको नतिजा त्यति उपयोगी हुदैन | यदि मान धेरै आएको छ भने त्यसले शरीरमा पानी नपुगेको (निर्जलीकरण) संकेत गर्छ | |
| युरोबिलिनोजेन |
यसको मान बढेको वा घटेको छ भने त्यसले निम्न कुराहरु दर्साउछ:
|
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Abin Shakya, Renu Shakya and Rupendra Chaulagain
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu