| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
भेडा र बाख्राहरुको पेटमा पर्ने परजीबी ( बार्बर पोल किरा)
संसारभरि भेडा र बाख्राहरुमा पर्ने परजिवीहरु मध्य सबैभन्दा महत्वपूर्ण परजीवी बार्बर पोल (बार्बर पोल भनेको विशेषतः पश्चिमी देशहरुमा हजामको पसल संकेत गर्ने खांबो हो) परजीवी हो | यस परजीवीको वैज्ञानिक नाम हैमोन्कस कॉन्टोर्टस हो| यो किरा जनावरको पेटमा बस्छ र प्रसस्त मात्रामा जनावरको रगत चुस्छ, जसको कारण रातो रक्तकोशिकाको संख्या अत्यधिक घट्छ । सामान्य भाषामा भन्नुपर्दा त्यो जनावरलाई रगतको कमी हुन्छ । यस अवस्थामा तिनलाई "रक्तअल्पता (Anemia)" हुन्छ। यो परजीवी प्रायः भेडा र बाख्रामा देखिन्छ तर यिनले गाई, हरिण र अन्य उग्राउने जनावरमा पनि संक्रमण गर्न सक्छ, र दुर्लभ अवस्थामा मानिसमा पनि देखिन सक्छ ।
वयस्क परजीबी उग्राउने जनावरको पेटको चौथो भाग जसलाई एबोमेसम (चौथो पेट) भनिन्छ, त्यहि बस्छन् (नोट: उग्राउने जनावरको पेटको चार भागहरु हुन्छन्)। यस परजीवीको जीवनचक्र तलको बुँदामा राम्रोसँग बुझाइएको छ:
- वयस्क माउ परजीबीले दिनमा करिब १०,००० सम्म अण्डा उत्पादन गर्छिन्। ती अण्डा जनावरको बड्कउलोसँगै बाहिर निस्कन्छन्।
- बड्कउलोमा रहेका अण्डा फुटेर लार्भा (लार्वा मतलब अंडाबाट निस्किएको, अझै बढ्न बाँकी सानो कीरा) मा विकास हुन्छन्। यी लार्भाहरु चरनमा फैलिन्छन् र घाँस वा बिरुवाको डाँठ र पातमा टास्सिएर बस्छन्।
- भेडा वा बाख्राले त्यहि दूषित चरनको घाँस खाँदा परजिबीको लार्भा पनि निल्छन् | यहि लार्भा जनावरको चौथो पेट- एबोमेसममा वयस्कको रुपमा विकास हुन्छ।
- पूर्ण रुपमा विकास भैसकेको भाले र पोथी परजीबी जनावरको पेट- एबोमेसममाको भित्तामा टाँसिएर जनावरको रगत चुस्न थाल्छन्। परिपक्व भएपछि यी भाले र पोथीले प्रजनन क्रिया गर्छन् अनि पोथीले फेरि अण्डा उत्पादन गर्छन् । यसरी नया परजीबीहरुको जीवनचक्र पुनः सुरु हुन्छ।
यी बस्यक परजीबीहरू कस्तो देखिन्छन् त? माथि भनिए झैँ यी बस्यक परजीबीहरूले रगत चुस्छन् । तसर्थ दुवै भाले र पोथी बस्यक परजीबीहरू हल्का रातो रंगको हुन्छन्। बस्यक पोथी परजीबीको शरीरमा अण्डा हुने हुदा त्यो भाग फिका सेतो धर्काको रुपमा देखिन्छ, यही कारण यो परजिबीलाई बार्बर पोल परजीबी पनि भनिन्छ (माथि उल्लेख गरिएझैँ विशेषत पश्चिमी देशहरुमा हजामको पसल संकेत गर्न घुमाउरो गरि बनाइएको रातो र सेतो रंगको खाबो प्रयोग गरिन्छ अनि यो परजीवी पनि रातो र सेतो रंग मिसिएको छिरबिरे खाले हुन्छ। वयस्क पोथी परजीबीको लम्बाई करिब २–३ से.मी. हुन्छ भने भाले परजीबीको लम्बाइ करिब तिनको आधा जत्ति मात्र हुन्छ। यी परजीबी परेको जनावरको चौथो पेटको सतह ध्यानपूर्वक हेर्यौ भने तिनलाई सजिलै देख्न सकिन्छ।
बार्बर पोल किरा पर्दा देखिने लक्षण र रोगको निदान
भेडा र बाख्राहरुमा बार्बर पोल किरा पर्दा तिनको शरीरमा रगतको कमी भइ बिभिन्न लक्षणहरू देखिन्छन् । जनावरको शरीरको भित्री झिल्लीहरु जस्तै आँखाको भित्री ढकनी वा मुखको गिजा फिक्का देखिन्छन् र जनावर सामान्यतया कमजोर हुन्छ। रगतको साथसाथै रगतमा हुनुपर्ने प्रोटिन घट्दा अर्को सामान्य लक्षण देखिन्छ जसलाई “बोतल ज” भनिन्छ। यस अवस्थामा जनावरको च्यापुमा तरल पदार्थ जम्मा भई स्पष्ट सुन्निएको देखिन्छ र तिनलाई छुदा नरम डल्लो जस्तो महसुस हुन्छ| त्यो हेर्दा खेरि बोतलको पिंधको भाग जस्तो देखिन्छ। त्यहिबाट यस लक्षणको नाम ‘बोतलजस्तो च्यापु’ (बोतल ज) रहन गएको हो।
बार्बर पोल परजीबीको संक्रमण धेरै गम्भीर अवस्थामा पुगेको भए जनावरको आँखाको भित्री ढकनी वा मुखभित्र गिजा हेर्दा, रगतको कमीका कारण ती भागहरू धेरै फिका भएको सजिलै देख्न सकिन्छ । यसरी हेरेर पनि रोग पहिचान गर्न सकिन्छ। तर अझै राम्रोसँग रगतको कमी (रक्तअल्पता) नाप्न फमाचा कार्ड( FAMACHA card) भन्ने विशेष कार्ड प्रयोग गर्दा धेरै सजिलो हुन्छ| फामाचा कार्डमा रातो रंगको फरक फरक मात्रा देखाइएको हुन्छ| जस्तै: स्वस्थ जनावरको आँखाको भित्री ढकनीको रंग गाढा रातो देखाइएको हुन्छ। यदि तिनको भित्री ढकनीको रंग लगभग सेतो देखिन्छ भने तिनको शरीरमा रगत धेरै घटेको छ भन्ने संकेत गर्छ। यो फमाचा कार्ड प्रयोग गर्न, जनावरको आँखाको तल्लो ढकनी तलतिर तानेर त्यसको रंगलाई कार्डमा देखाइएका रंगसँग तुलना गर्नुपर्छ। यदि ढकनीको रंग फिका देखिन्छ भने जनावरलाई आन्तरिक परजीबी नाश गर्ने औषधि दिनुपर्छ। यदि त्यो जनावरको आँखाको भित्री ढकनीको रंग धेरै फिका देखिन्छ र “बोतल ज” (च्यापु सुन्निएको अवस्था) पनि छ भने, उसलाई आन्तरिक परजीबी नाश गर्ने औषधिको साथै तरल पदार्थ प्रयोग गरि उपचार गर्नुपर्छ|

बर्बर पोल रोगको उपचार
सामान्यतया आन्तरिक परजीबी बिरुद्ध प्रयोग गरिने औसधिहरु यस परजीबी विरुद्ध पनि प्रभावकारी हुन्छन्। जसअन्तर्गत मोक्सिडेक्टिन (moxidectin), आइभर्मेक्टिन (ivermectin), अल्बेन्डाजोल (albendazole), अक्सफेन्डाजोल (oxfendazole), लेभामिसोल (levamisole) तथा क्लोसान्टेल (closantel) पर्दछन्। औषधि दिनु अघि सधैं बोतलमा लेखिएको निर्देशन ध्यानपूर्वक पढ्नुपर्छ र सोहीअनुसार सही मात्रा औसधि दिनुपर्छ। जनावरलाई एकपटक उपचार गरेपछि करिब ३ हप्तापछि फेरि दोहोराएर उपचार गर्नुपर्छ। अर्को अत्यन्त महत्वपुर्ण र समय सान्दर्भिक कुरा भनेको- यो परजीबीमा पनि औषधि प्रतिरोधात्मक क्षमता बढ्दै गएको छ। यदि तपाईंले दिनुभएको औषधिले काम नगरेमा पहिला प्रयोग गरेको औसधि भन्दा फरक औसधि दिनुपर्छ वा दुई/तीन थरी औषधि मिसाएर दिनुपर्छ|
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu