पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

भेँडा र बाख्राको मुखमा घाउ आउने समस्या

भेँडा र बाख्राको मुखमा घाउ आउने समस्या एक प्रकारको भाइरसको संक्रमणले गर्दा हुन्छ | यस्तो प्रकारको घाउ आउदा तिनको छालामा फोका फोका आए जस्तो हुन्छ, तिनमा तरल पदार्थ जम्ने र पछि पाप्रा निस्केर आलो घाउ जस्तो हुने गर्दछ | यो घाउ पछि सुक्खा र कडा हुन्छ र छाला पत्रपत्र परेको जस्तो देखिन्छ | यस्तो घाउ शरीरका अन्य भागहरूमा पनि देखिन सक्छ, जस्तै थुनमा। यो रोगलाई संक्रामक एक्ठाइमा वा “ओर्फ” पनि भनिन्छ।

भेँडा र बाख्राको मुखमा घाउ आएको र त्यहि रोग मान्छेमा सरेको तस्वीर (सौजन्य: डा. मेरी स्मिथ, कोर्नेल विश्वविद्यालय)

यो घाउ गराउने भाइरस प्रत्यक्ष सम्पर्क वा प्रदूषित वातावरणबाट सजिलै एक जनावरबाट अर्को जनावरमा सर्न सक्छ। यो भाइरस मानिसमा पनि सर्न सक्छ, त्यसैले संक्रमित जनावरहरूसंग प्रत्यक्ष सम्पर्कमा आउदा पञ्जा लगाउनु आवश्यक हुन्छ।

यो समस्याको कुनै विशेष उपचार छैन। सामान्यतया घाउहरू १ देखि २ हप्ताभित्रमा आफैँ निको हुन्छन्। गम्भीर अवस्थामा एन्टिसेप्टिक मलहम लगाउनु उपयोगी हुन सक्छ | प्राथमिक संक्रमणको कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएको बेला फेरी अर्को किटाणुबाट संक्रमण नहोस भनेर एन्टिबायोटिक पनि दिन सकिन्छ। यस्तो बेलामा जनावरले खाना र पानी खान नछोडुन् भनेर बिशेस ध्यान दिनुपर्छ | त्यसैले यस्तो बेला उनीहरूले मन पराउने नरम खाना दिनुपर्छ र पानी सधैँ उपलब्ध गराउनुपर्छ।

मुखमा घाउ आउने समस्याको रोकथामको लागि एउटा जीवित भाइरस खोप उपलब्ध छ, तर तपाईंको गाउँ/सहरमा यो खोप उपलब्ध नहुन पनि सक्छ। यो खोपले मानिसलाई पनि संक्रमण गराउन सक्छ, त्यसैले खोप लगाउँदा सावधानी अपनाउनुहोस्।

अनुक्रमणिका मा फर्कनुहोस

अनुवादक Abin Shakya and Renu Shakya

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu