| पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी | English Language |
साल अड्कने समस्या
गर्भावस्थाको समयमा भ्रूणलाई घेर्ने पाठेघर भित्रको खोल (साल) एउटा यस्तो सांझा सिमाना हो जसले आमाको र भ्रूणको रगतलाई नजिक ल्याउँछ ताकि आमाले भ्रूणलाई पोषण पुर्याउन सकोस् र भ्रूणले नपचेको र पोषण तत्व शोषण गरे पछि बाकि रहेको तत्व आमाको माध्यमबाट बाहिर फाल्न सकोस्। जन्मपश्चात्, भ्रूणलाई घेर्ने पाठेघर भित्रको खोल र बाकी झिल्लीहरू आफै झर्नु पर्छ | सामान्य अवस्थामा साल जन्मपश्चात् केही घण्टाभित्रै आफै झर्छ ।
तर यदि बच्चा जन्मिएको २४ घण्टा भित्र साल आफै नझरेमा अधिकांश पशु चिकित्सकहरू यसलाई साल अड्किने समस्या भन्दछन् |
यो प्रायः गाईहरूमा देखिन्छ तर कुनै पनि स्तनधारी जनावरमा यो समस्या देखिन सक्छ। साल अड्किनाले अनेक समस्या निम्तिन सक्छन् जस्तै पिसाब सम्बन्धि संक्रमण, सामान्य प्रजनन चक्रमा फर्कन ढिलाइ। तस्वीरमा देखाईएको गाईको साल अड्किएको छ र पाठेघर पनि बाहिर निस्किएको (भडार फर्किएको) छ।
कारणहरू
साल अड्कने समस्या विभिन्न कारणले हुने गर्छन:
- बच्चा जन्माउन गार्हो भएमा वा लामो समयको लागि प्रसव बेदना भएमा
- जुम्ल्याहा बच्चा जन्मिएमा
- गर्भ तुहिएमा वा तोकिएको समय भन्दा अगाडी नै बच्चा जन्मिएमा
- भिटामिन वा खनिजहरूको कमी, बिशेष गरि भिटामिन ई वा सेलेनियमको कमी भएमा
- व्यथा लाउन औसधि प्रयोग गरेमा
उपचार
साल अड्कने समस्याको उपचारको लागि सिफारिस गरिएका बिधिहरु बिगत केहि बर्षमा परिवर्तन भएका छन्। पहिले प्रयोग गरिने उपचार बिधिहरु कि त उपयोगी नभएको वा वास्तवमा हानिकारक भएको पाइएको छ | ती मध्ये केही तल सूचीबद्ध गरिएको छ – (कृपया यी उपचारहरू बिधिहरु प्रयोग नगर्नुहोला):
- पाठेघरमा हात हालेर साललाई तानेर निकाल्न खोज्नु; यसरि हात हालेर साल र भित्र भएका सम्पूर्ण निस्किनु पर्ने झिल्लिहरु निकाल्नु धेरै गाह्रो हुन्छ | बरु यसो गर्दा पाठेघरको भित्री तहमा सजिलै संग क्षति पुग्न सक्छ वा सजिलै संक्रमण हुन सक्छ ।
- औषधिहरू जस्तै अक्सिटोसिन वा प्रोस्ट्राग्लान्डिनले उपचार गर्नु उपयोगी नभएको देखिएको छ।
- पाठेघर भित्रै झोल एन्टिबायोटिक वा बोलसहरू हाली दिनु ; वा जनावरलाई ज्वरो छ भने, मुखबाटै एन्टिबायोटिकहरू दिनु ।
वर्तमानमा साल अड्कने समस्या को उपचारका लागि सिफारिस गरिएका उपचारहरू निम्न लिखित छन्:
- जनावरको शरीर बाहिर निस्किएको साल लाई हलुका बल लगाएर तान्न सकिन्छ तर अत्यधिक बल प्रयोग नगर्नुहोस्! केहि व्यक्तिहरू त्यो सालमा सानो ढुंगा बाधेर हल्का र स्थिर भार दिने गर्छन् ।
- यदि जनावरलाई ज्वरो छ भने मुखबाट वा सुइँको माध्यमबाट एन्टिबायोटिक दिनुहोस्, तर ज्वरो नभएको अवस्थामा एन्टिबायोटिक उपचारको आवश्यकता छैन।
- धैर्य गर्नुहोस् होस् | उनी जनावरले केहि दिनमा साल फाल्नेछन् ।
रोकथाम
साल अड्कने समस्याको रोकथाम गर्न सधै सम्भव हुदैन जस्तै बच्चा जन्माउन गार्हो भएको वा लामो समयको लागि प्रसव बेदना भएको बेला, जुम्ल्याहा बच्चा भएको बेला |
यो समस्याको रोकथामको सबैभन्दा उचित उपाय भनेको जनावरहरूलाई भिटामिन ई वा सेलेनियमको कमी हुन नदिने सुनिश्चित गर्नु हो। महत्त्वपूर्ण कुरा, सेलेनियम र भिटामिन ई साल अड्कने समस्याको उपचार होइन, ती रोकथामका उपाय हुन्। ती तत्वहरु अन्य धेरै शारीरिक प्रक्रियाहरूको लागि पनि आवश्यक छन्। यदि जनावरहरूको आहारमा भिटामिन ई र सेलेनियमको कमी छ भने, तिनीहरूलाई आहारिक पूरकको रूपमा यी तत्वहरु दिन सकिन्छ | भिटामिन ई र सेलेनियम प्रदान गर्नका लागि विभिन्न प्रकारका पूरकहरू प्रयोग गर्न सकिन्छ, जसमा पेलेट्स र खनिज ब्लकहरू पर्दछन् ।
अनुक्रमणिका मा फर्कनुहोस् |
अनुवादक Abin Shakya and Renu Shakya
सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu