पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

पोलियोएन्सेफालोमालेसिया (PEM, “पोलियो”)

पोलियोएन्सेफालोमालेसियालाई PEM पनि भनिन्छ | यो स्नायु प्रणालीसँग सम्बन्धी रोग हो जुन गाई, भैंसी, बाख्रा र भेडामा देखिन्छ | यो कुनै पनि उग्राउने जनावरहरू जस्तै हरिण र ऊँट बर्गको परिवारमा पनि देखिन सक्छ। यो संक्रामक वा सर्ने रोग होइन र मानिसमा देखिने पोलियो जस्तो पनि होइन। यो रोग प्रायः बढ्दै गरेको/बालख उग्राउने जनावरहरूमा बढी देखिन्छ।

PEM को कारणहरू

यो रोगको तीन प्रमुख कारणहरू छन्:

  1. थाइमिन (भिटामिन B1) को कमी:
    • बढ्दै गरेको उग्राउने/बालख जनावरहरू थाइमिनको पूर्तिको लागि आफ्नो आहार (जस्तै दूध) मा निर्भर हुन्छन्। यदि तिनको आहारमा थाइमिनको कमी हुन्छ भने तिनीहरूमा थाइमिनको अभाव देखिन सक्छ।
    • जब तिनको रुमेन (पेटको भाग) सक्रिय हुन्छ, रुमेनका सूक्ष्मजीवहरूले थाइमिन उत्पादन गर्छन्। तर उनीहरुलाई दिइने घास कुडो एकाएक फेरियो भने त्यसले जनावरको पेटको सूक्ष्मजीवहरूको सन्तुलन बिगार्न सक्छ, जसले थाइमिनको उत्पादन घटाउँछ वा नष्ट गर्छ। जसले थाइमिनको कमी हुन जान्छ |
  2. रुमेन (पेट) मा थाइमिन उत्पादनको कमी वा विनाश:
  3. सल्फरको अत्यधिक सेवन:

PEM का लक्षणहरू

PEM स्नायु प्रणाली संग सम्बन्धित रोग हो। यो रोगमा तीब्र रुपमा देखिने प्रमुख लक्षणहरू:

माथि भनिएका लक्षणहरु यहाँ देखिएको भिडियोमा पाठा र बाच्छामा देख्न सक्नुहुन्छ |





आंशिक रुपमा गम्भीर (subacute) अवस्थामा देखिने लक्षणहरू:

PEM को लक्षण आंशिक रुपमा गम्भीर अवस्थामा पनि देख्न सकिन्छ | त्यो बेलामा

PEM को पहिचान

• PEM को अनुमानको आधारमा पहिचान गर्दा निम्न लक्षणहरूका आधारमा गरिन्छ जस्तै एकाएक अन्धोपन हुनु, मांसपेशी झड्का हान्नु, ढाड बाङ्गिनु र लर्खराउदै हिड्नु। अधिकाँश आहारमा आएको परिवर्तन जस्तै धेरै रेसायुक्त खानेकुरा खुवाई राखेको जनावरलाई कम रेसायुक्त खानेकुरा (घाँस कम र अन्न बढी) खुवाउनु

ध्यान दिनुहोस्! अरु धेरै रोगहरूमा पनि यस्तै लक्षण देखिन सक्छन्, जस्तै टिटानस, नुन विषाक्तता (शरीरमा अत्याधिक मात्रामा नुन हुनु तर पानीको क्षय हुनु), किटोसिस, गर्भावस्थामा हुने विषाक्तता, विभिन्न प्रकारका विषहरूको कारण (जस्तै सिसा, पारो, कीटनाशक) वा रेविज।

PEM को उपचार

PEM को सर्वस्वीकृत उपचार भनेको नै थाइमिन दिनु हो | यसको लागि 10-20 mg/Kg थाइमिन छालाको मुनि (subcutaneous) वा मासपेशीभित्र (intramuscular) दिन सकिन्छ। पहिलो पटक लगाउदा दिनमा दुई पटक लगाउनुपर्छ, त्यसपछि केही दिनसम्म दिनमा एक पटक लगाउनुपर्छ । थाइमिन नसाबाट (intravenous) पनि दिन सकिन्छ तर त्यसको लागि होस् पुर्वक विस्तारै बिस्तारै दिनुपर्छ।

यदि थायमिन विलयन उपलब्ध छैन भने, जनावरलाई बी-कम्प्लेक्स भिटामिनको सामान्य मात्रा भन्दा दश गुणा बढी दिनुहोस्।

उपचारपछि सुधार निकै छिटो देखिन्छ। यहाँ देखाइएको चित्रमा (बायातिर) PEM को लक्षण भएको भेडा छ | तिनै भेडा (दायातिरको चित्रमा) थाइमिनको सुई दिइसकेपछि 20 मिनेटमै उठेर खाइरहेको छ। (फोटो: डा. जोआन बोवेनबाट प्राप्त Courtesy of Dr. Joan Bowen).

सल्फर विषाक्तताको कारण PEM भएमा, थाइमिन दिएर उपचार गर्नुको साथै सल्फरको स्रोत आहाराबाट हटाउनु पर्छ।

PEM को रोकथाम

PEM रोकथाम गर्न गाह्रो छ। साधारण रुपमा दिन सकिने सिफारिसहरु यस प्रक्रार छन्: जनावरको आहारमा अचानक परिवर्तन नगर्नुहोस् | जनावरलाई पर्याप्त घाँस र रेसायुक्त(roughage) आहारा दिनुहोस् जसले गर्दा रुमेनमा थाइमिन उत्पादन बढाउँछ।

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Abin Shakya, Renu Shakya and Rupendra Chaulagain

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu