पशुजन्य रोगहरुको सम्क्षिप्त जानकारी English Language

गाई र भैँसीमा यौन सम्पर्कको माध्यमबाट सर्ने रोगहरू

गाईवस्तु र भैँसीलाई यौन सम्पर्कको बेला सर्न सक्ने दुईवटा प्रमुख यौन जन्य (भेनेरल) रोगहरू छन्:

  1. ट्राइकोमोनिएसिस रोग ट्रिट्रीकोमोनास फीटस भनिने एकल-कोशिका प्रोटोजोआन जीव/कीटाणुको कारणले हुन्छ।
  2. भाइब्रोसिस वा बोवाइन जेनिटल क्याम्पिलोब्याक्टेरिओसिस रोग क्याम्पिलोब्याक्टर भ्रूण भेनेरेलिस वा क्याम्पिलोब्याक्टर भ्रूण भ्रूण भनिने जीवाणुबाट हुने रोग हो।

यद्यपि यी दुई रोगहरू पूर्णतया फरक प्रकारका जीवहरूको कारणले गर्दा भएपनि ती दुवै रोगहरू धेरै कुरामा समान छन्:

ट्राइकोमोनिएसिस

ट्राइकोमोनिएसिस संक्रमण फैलिने तरिका र क्लिनिकल लक्षणहरू

संक्रमित गोरुमा यो रोगको किटाणु तिनको लिङ्ग वा लिङ्गलाई छोप्ने छालाको वरिपरि बसेको हुन्छ। यसैबाट थाहा हुन्छ यौन सम्पर्कको बेला गोरुबाट यो किटाणु कसरी गाईमा सर्छ। र प्रजननको लागि सङ्कलन गरिएको वीर्य पनि कसरी संक्रमित हुन पुग्छ भन्ने कुरा पनि यसैबाट थाहा हुन्छ।

जब गाईले संक्रमित गोरुसँग सम्पर्क गर्छ। वा संक्रमित वीर्यद्वारा गाईलाई कृत्रिम गर्भाधान (ए आइ) गराइन्छ। तब त्यो जीवाणु गाईको प्रजनन प्रणालीका भित्री र बाहिरी अङ्गहरूमा फैलिन्छन् |

यही क्रममा यदि पाठेघरमा संक्रमण भएमा पाठेघर सुनिन्छ र त्यही बेला गर्भ तुहिन्छ। त्यो सुनिएको पाठेघर ठीक हुन ५० देखि ६० दिन लाग्छ र गाईको रोगसँग लड्ने प्रतिरक्षा प्रणालीको कारण पाठेघर फेरि पहिलाकै अवस्थामा आउँछ। त्यो सङ्क्रमण फैलाउने किटाणुले गर्भ बस्नमा समस्या गर्दैन। तर त्यो किटाणुले बसिसकेको गर्भ भने तुहाउँछ। धेरैजसो ट्राइकोमोनियोसिसको कारण संक्रमित भई सुन्निएको पाठेघर, गाईको रोग सँग लड्ने प्रतिरक्षा प्रणालीको कारण ५० देखि ६० दिनसम्ममा ठीक हुन्छ। त्यसपछि तिनी गाईले बर खोजेको बेला गोरु लगायो भने तिनी फेरि गर्भिणी हुन सक्छिन् । तर गाई सङ्क्रमित छन् भने त्यो बेला बाछो खेर जाने, गर्भ तुहिने, पाठेघरमा पीप भरिने जस्ता समस्याहरू हुन्छन् । संक्रमित गाई भैँसीमा देखिने लक्षणहरू निम्न प्रकार छन्:

ट्राइकोमोनिएसिस रोगको पहिचान

गाईबाट प्राप्त तरल पदार्थको जाँच गरी ट्राइकोमोनियोसिस रोगको पहिचान गर्न गाह्रो छ। त्यसैले यो रोगको पहिचानको सबभन्दा राम्रो उपाय भनेको नियमित रूपमा गोरुबाट सङ्कलन गरिएको नमुना परीक्षण गर्नु हो। यसको लागि गोरुको लिङ्गलाई छोप्ने छालाबाट लिइएको तरल पदार्थलाई प्रयोगशालामा पठाइन्छ। त्यहाँ तिनलाई कैयौँ दिनसम्म विशिष्ट माध्यममा कल्चर गरिन्छ वा हुर्काइन्छ। त्यसपछि त्यो सङ्क्रमण फैलाउने कुन चाहिँ किटाणु रहेछ भनेर पत्ता लगाउन माइक्रोस्कोपमा राखेर हेरिन्छ। कृत्रिम गर्भाधान गर्नको लागि वीर्य सङ्कलन गर्ने केन्द्रहरूले ३ देखि ४ महिनाको फरकमा आफ्नो केन्द्रमा भएको सबै गोरुहरूको वीर्य परीक्षण प्रायजसो गरिरहेको हुन्छ |

ध्यान दिनुहोस् ट्राइकोमोनिएसिस रोगको किटाणु साह्रै नाजुक खाले हुन्छन् र त्यो सजिलै नष्ट हुन सक्छ।। त्यसैले यदि तपाईँ गोरुको परीक्षण गर्न तिनको नमुना प्रयोगशाला पठाउँदै हुनुहुन्छ भने जति सक्यो छिटो पुर्याउनुहोस् तर त्यो नमुनालाई बरफको प्याकमा नराख्नुहोस् |



ट्राइकोमोनिएसिस रोगको उपचार र नियंत्रण

यो रोगको लागि कुनै पनि प्रभावकारी उपचार वा खोपहरू उपलब्ध छैनन्। यसको नियन्त्रण गर्ने एउटै तरिका भनेको प्रजननको लागि प्रयोग गरिने गोरु संक्रमित भएको नहुनु हो। संक्रमित गोरुहरू धेरै लामो समयसम्म संक्रमित अवस्थामै रहन्छन् |

भिब्रियोसिस (बोवाइन जेनिटल कैम्पिलोबैक्टेरियोसिस)

संक्रमणको फैलिने तरिका र क्लिनिकल लक्षणहरू

यो संक्रमण ट्राइकोमोनियासिससँग मिल्दोजुल्दो छ, तर सामान्यतया गाईलाई बर लगाएर वा कृत्रिम गर्भाधान गराउँदा गोरुबाट गाईमा सर्ने ब्याक्टेरियाको कारणले हुन्छ। क्लिनिकल लक्षणहरू: संक्रमित गोरु र गाई बाहिर बाट हेर्दा सामान्य देखिन्छन्

भिब्रियोसिस रोगको उपचार र नियंत्रण

ट्राइकोमोनियासिसमा जस्तै रोगको नियन्त्रण गोरुहरूको नियमित परीक्षणमा आधारित हुन्छ। ट्राइकोमोनिएसिस भन्दा यो रोगको उपचारमा के फरक छ भन्दा भिब्रियोसिसको लागी प्रभावकारी खोप पाइन्छ। अर्को नियन्त्रणको उपाय भनेको संक्रमणरहित गोरुबाट संकलन गरिएको वीर्य मात्रै कृत्रिम गर्भाधान (ए आइ) को लागि प्रयोग गर्नु हो।

अनुक्रमणिका मा फर्कनुहोस्

अनुवादक Renu Shakya and Rupendra Chaulagain

सल्लाह, सुझाब र प्रतिक्रिया पठाउन Richard.Bowen@colostate.edu